Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद्को अवरोध जारी राख्ने निर्णय

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने दिन नसकिइसक्दा पनि संसदको गतिरोध अन्त्य हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनमा अवरोध जारी राख्ने निर्णय गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी नेताहरुको बैठकले संसद्को गतिरोध जारी राख्ने निर्णय गरेको हो। हामीले संसद्को गतिरोध जारी राख्ने निर्णय गरेका छौँ, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले भने, अब सभामुखले के गर्नुहुन्छ, उहाँको कुरा भयो। विपक्षी दलहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ। संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि टीओआर ९कार्यादेश० मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ।