Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद्को अवरोध हटाउन दाहाल, देउवा र ओली छलफलमा

काठमाडौँ । राजनीतिक दलहरुको छलफल भनेको भागवण्डा र स्वार्थ पूरा गर्ने माध्यम बनिरहेको छ । संघीय संसद्मा जारी छलफल हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानमन्त्री दाहालले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् । प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले दुई वटा प्रतिनिधिसभाका बैठक र तीन वटा राष्ट्रिय सभाका बैठक अवरुद्ध गरिसकेको छ ।


सम्बन्धित समाचार