Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

काठमाडौं । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले गरिरहेको अवरोध खुलाउनेबारे छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन् ।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।