Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी

काठमाडौं । संसदको विधेयक अधिवेशन आजै अन्त्य हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई संसदको रोष्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो । काँग्रेसले सहकारीको विवाद छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागिरहेको छ । सरकारपक्ष र प्रतिपक्षबीचमा संसद सुचारु गर्ने बारेमा सहमति जुट्न नसकेपछि सरकारले केही अत्यावश्यक विधेयकहरुलाई अध्यादेशमार्फत् जारी गर्ने उद्देश्यसहित विधेयक अधिवेशन अन्त्य गर्ने निश्कर्षमा पुगेको हो । सो प्रयोजनका लागि मन्त्रिपरिषद् बैठक बस्नु पूर्व आजै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइसकेको छ ।