Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद अधिवेशन टुंग्याउने सरकारको तयारी

काठमाडौं । सर्वोच्चले ब्यूताइदिएको संसद रोजगारी नपाएर अलमलकै बीचमा अन्त्य हुने भएको छ । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने तयारी भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार २३ चैत्रमा संसदको चालु अधिवेशन अन्त गर्ने तयारी भएको छ । मन्त्रिपरिषद्को बैठक सोही दिन बसेर अधिवेशन अन्त गर्ने तयारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि तत्काललाई टर्ने अवस्था बनेको छ । सर्वोच्च अदालतको आदेश बमोजिम सरकारले प्रतिनिधि सभाको अधिवेशन बोलाउने सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा बैठक आव्हान गरेकी थिइन् । प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने मोर्चाबन्दीमा विपक्षी दलहरु लागे पनि सफल हुन नसकिरहेको अवस्थामा बजेट अधिवेशनको मिति नजिकिएको भन्दै सरकारले यो अधिवेशन टुंग्याउन लागेको हो ।