Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद ब्यूतिनु अघिनै एक हुन्छ एमाले

काठमाडौं । सबैतिरबाट च्यापिँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार सकिएको छ । अदालतले संसद पुनस्र्थापना गर्ने पक्कापक्की भएपछि अब सिंगो नेकपा एमाले उनका लागि आवश्यक भएको छ । त्यसैले उनले आफ्नो अहंकार त्यागेर पार्टी एकताका लागि लचिलोपना देखाउन थालिसकेका छन् । सर्वोच्चले असार २८ गते नै संसद वघिटन विरुद्धको मुद्दा फैसला गर्ने तिथि मिति तोकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली त्यो भन्दा अघि नै नेकपा एमालेको विद्रोही माधव नेपाल समूहलाई तान्ने प्रयासमा छन् ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकले अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन गरेको छ । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ । योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटम लाइन बनाएको थियो भने माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै गल्ती स्वीकार्नुपर्ने अडान राखेको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथिको बहस सोमबारै सकिएकाले पनि यो मुद्दामा नेताहरू अव प्रवेश गर्न नचाहेको बताइएको छ । योसँगै सर्वोच्चको फैसला जे आउँछ त्यो मान्न दुवै पक्ष तयार भएको बुझिएको छ ।

यसले नेकपा विवाद समाधानको दिशामा अघि बढ्ने एमाले नेता कार्यकर्तामा आशा बढेको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा यसअघि भएका अनौपचारिक रूपमा भएका भएका छलफलबारे विषय प्रवेश भएको र सौहार्दपूर्ण वातावरणमा कुराकानी सुरु भएको कार्यदल सदस्यहरूले बताएका छन् । ​ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले आशाको दियो बलेको बताए । एक अर्काप्रति आशङ्काको दृष्टिकोणले हेर्दै आएका अध्यक्ष ओली पक्ष र माधव नेपाल पक्षबीच खासगरी आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलबीच भएको छलफलसँगै कार्यदललाई औपचारिक रूपमा ब्युँताएर छलफल थालिएको हो । यसअघि अध्यक्ष ओली र नेता नेपालबीच जेठ २ गतेको वार्तापछि विवाद समाधान गर्न दुवै पक्षबाट पाँच, पाँच जनाको कार्यदल बनाइएको थियो । तर राष्ट्रिय सभाको उपनिर्वाचन र ओली पक्षले माधव पक्षका नेताहरूलाई गरेको कारबाहीपछि कार्यदल निष्क्रिय भएको थियो । पछिल्लो चरणमा एक पक्षले अर्को पक्षमाथि गम्भीर आरोपहरू लगाए पनि दोस्रो तहका नेताहरूले एकता प्रयासलाई निरन्तरता दिँदै आएका थिए ।

नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको बैठक आजपनि बस्ने भएको छ । सोमबार सम्पन्न वर्ता सकारात्मक र सौहार्दपूर्ण रहेकाले आजको वार्तापनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भावनामा पछिल्लो पटक पार्टीका शिर्ष नेतत्व अगाडी बड्न खोजेकाले छलफल गरेर निकास खोज्न कार्यदल सक्रिय देखिएको छ । आजको बैठककले सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा नै जोड दिने छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल