Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद शुरु हुनुअघि कोरोना परीक्षण

काठमाडौं । संघीय संसजको वर्षे अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । जसअन्तर्गत १ सय ७७ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ को स्वाब संकलन गरिएको हो । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार संकलन गरिएका स्वाबको परीक्षण गरी शुक्रबार नतिजा आउने छ । शुक्रबार शुरु हुने संसदको बजेट अधिवेशनमा सबै सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट हेरेर मात्रै वैठक कक्षमा प्रवेश गर्न दिइने छ ।


सम्बन्धित समाचार