Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जस्तो आफू उस्तै च्यापू भने जस्तै भएको छ यतिखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई । अध्यक्ष ओली पनि संसद प्रति विस्वस्थ्य थिएनन् । उनले दुई पटक विघटन गरेको संसद पूर्नस्थापना भयो । बहुमतको सरकारलाई अल्पमतमा पारेर आफ्नै कारण पार्टी भित्र विभाजीत स्थिति सिर्जना गरेको फल यतिखेर एमालेले बेहोर्दै छ । देउवा सरकारले पनि चलिरहेको संसद स्थगन गरेर दल विभाजनको सन्देश दिएपछि एमाले नेतृत्व अत्तालिएको हो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् ।
आज बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा पार्टीको स्थायी समिति बैठक बोलाएको थियो । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्नेछ । एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले जानकारी दिए । दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको भट्टराईको भनाइ छ ।
सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन भदौ ३२ गते रातिबाट बन्द गरेपछि एमाले अध्यक्ष ओलीले हिजो राति नै आफ्नो निवास बालकोटमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । नेताहरूसँगको छलफलपछि राति नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजन गर्ने षड्यन्त्र अनुसार अध्यादेश ल्याउन खोजिएको भन्दै त्यसको विरोध गर्न अपिल गरेका थिए ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल