Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसको सभापति पछिको ठूलो र भावि नेतृत्वको रुपमा लिइने महामन्त्री पदमा संस्थापन शेरबहादुर देउवा पक्षलाई पछाडि पार्दै शेखर कोइराला समूहका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजय उन्मुख भएका छन् । प्यानलबाट उम्मेदवारी दिँदा विजयी हुने नाममा विश्वप्रकाशलाई पन्छाएर सिटौला समूहका प्रदीप पौडेललाई संस्थापनको तर्फबाट उठाइएको भए पनि युवा नेताहरु गगन थापा १६४८ र विश्वप्रंकाश शर्मा १०१९ मतका साथ अगाडि छन् । तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण हतले ८२७ मत ल्याउँदा चौथो स्थानमा पुगेका प्रदीप पौडेलले ७४६ मत पाएका छन् भने डा. मिनेन्द्र रिजालले ४३६ र अन्तिम स्थानमा रहेका डा राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल