Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सकियो महाकुम्भ मेला, ६५ करोडले स्नान गरे

एजेन्सी । विश्वको सबैभन्दा ठूलो मानव भेला महाकुम्भ बुधबार सूर्यास्तसँगै सकिएको छ। महाशिवरात्रीको अमृत स्नानसँगै ४५ दिन लामो यस मेलाको अन्तिम दिन बुधबार मात्रै १ करोड ५३ लाख मानिसहरूले स्नान गरे। यसअघि ४४ दिनमा ६५ करोड भक्तजनले स्नान गरिसकेका छन्। संगममा डुबुल्की मार्ने यो संख्या १९३ देशको जनसंख्याभन्दा बढी छ। भारतको उत्तरप्रदेश सरकारले विश्वभरका हिन्दूहरूको आधा जनसंख्या बराबर मानिसहरू यहाँ आएको दाबी गरेको छ। मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए। महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो। गत जनवरी १३ देखि शुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा सकिएको हो। यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए। मेलाको समापन कार्यक्रम आजलाई राखिएको छ। समापन कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथले दुवै उप(मुख्यमन्त्री ब्रजेश पाठक र केशव मौर्य महाकुम्भको समापन समारोहमा उपस्थित हुनेछन्। कार्यक्रममा गंगा पण्डालमा प्रहरी, सरसफाइ कर्मचारी र नाविकहरूलाई सम्मान गरिने बताइएको छ।


सम्बन्धित समाचार