Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सकुञ्जेल फुटबल, मेसीसँग छैन संन्यास योजना

मियामी र लियोनल मेसीले आफ्नो खेलजीवनको अन्तिम समय रमाएर बिताउन चाहेको बताएका छन् । उनले संन्यासको कुनै योजना नभएको बिहीबार सुनाएका छन् । अर्जेन्टिनाका विश्वकप विजेताले आफ्नो नयाँ क्लब इन्टर मियामीका लागि लिग कपका रूपमा पहिलो उपाधि जितिसकेका छन् । त्यसका लागि मियामीले पेनाल्टी सुटआउटमा बुधबार नासभिललाई हराएको थियो । फ्लोरिडा क्लबमा आएयता मेसीले ७ खेलमा १० गोल गरिसकेका छन् । गत महिना मियामीसँग साढे दुई वर्षको अनुबन्ध गरेका ३६ वर्षीय मेसीले भविष्यबारे धेरै नसोचेको पनि बताए । उनले भने, मैले संन्यासबारे केही पनि सोचेको छैन । अहिले म फुटबलमै रमिरहेको छु । सातपल्टको बालोन डी’अर विजेता मेसीले थपेका छन्, जतिबेला सक्नेछु, त्यतिबेलासम्म फुटबल खेलिरहने छु । म भने प्रत्येक दिनको फुटबलमा रमाउन चाहन्छु । मेसीको मियामीले सिनसिनाटीलाई पेनाल्टी सुटआउटमै ५–४ ले पराजित गर्दै युएस ओपनको फाइनलमा तय गरेको छ । मियामीले दुई गोलले पछाडि उल्टाएर निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा ल्याएको थियो । फाइनल प्रवेश गरेसँगै मियामी अर्को उपाधिको नजिक पुगेको छ । यूएस ओपन अमेरिकाको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो । यसको सुरुआत सन् १९१४ बाट भएको थियो । यसको स्वरूप इंग्ल्यान्डको एफए कप र स्पेनको कोपा डेल रे जस्तै छ । मियामीले यसको फाइनलमा ह्युस्टन डायनामोको सामना गर्नेछ ।


सम्बन्धित समाचार