Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला लबुचे उद्धार उडानका लागि गएको अल्टिच्युड एयरको नाइनएन एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए। उनी सकुशल रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार बिहान ७ः५० बजेतिर खुम्बु पासाङल्हामु गाउँपालिका ५ लबुचेमा हेलिकप्टर दुर्घटना भएको हो। यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर हेलिप्याडमा हिउँमा चिप्लिएको हो, उनले भनिन्, हेलिकप्टरमा चालक खड्का मात्रै थिए, उनको सकुशल उद्धार गरिएको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल