Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सगरमाथा खाने थामसेर्कु

काठमाण्डौं । भ्रष्टाचारीको संरक्षण गरेर पार्टीको नाउमा पैसा कुम्ल्याउने लुटेरा नेता भएको देशको सर्वोच्च अदालतले मालपोत कार्यालय सोलुखुम्बुले फिर्ता ल्याएको ५२ रोपनी जग्गा पुन थामसुर्कुसँग जोडिएकी आङमाया शेर्पाकै नाम राख्न आदेश दिंदा दिपक कुमार कार्कीकै हात थियो । सरगमाथा राष्ट्रिय निकुन्जको जमिन रातारात नक्कली हाकिम खडा गरेर मृत्यू भएको हाकिमको हस्ताक्षर गर्ने काम स्व आड छिरिड शेर्पाले गरेका हुन ।
कसुर जन्य सम्पति व्यबस्थापन विभागले सगरमाथाको जमिन हजम गर्ने नेकपा एमालेका जन्मदाताको भण्डाफोर गर्छ गर्दैन । बिभागले भ्रष्टाचारीको रुपमा परिचित सडक विभागका पूर्व महानिर्देशक आनन्द प्रसाद खनालको नाममा रहेको ६५ आना जग्गा भने फिर्ता लिएको छ । सर्वोच्चको फैसलाको १० वर्षपछि विभागले फिर्ता ल्याएको सो जग्गा रु १६ करोड पर्छ । त्यसैगरी विभागले मुरारी कार्कीको १० आना, आमोनन्द मिश्रको ८ आनामा बनेको घर, सरिता गिरीको जोरपाटी र धरानको घर पनि जफत गरेको छ । कार्कीको सिनामंगलको घर जग्गा विभागले सरकारको अधिनमा ल्याएको हो ।
सम्पति शुद्धिकरण विभाग सुस्त गतिमा छ । भ्रष्टहरुले अख्तीयार, सर्वोच्च अदालत, विशेष अदालतसम्मका न्यायमूर्तिहरुलाई प्रभावमा पार्ने गर्दछन । तर खनाल, कार्की र मिश्रले पैसा बुझाउने प्रयास गरेपनि सफल नहुँदा श्रोत नखुलेको उनीहरुको सम्पति जफत भएको हो ।