Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सचिव र डिजी फेर्न चलखेल

काठमाण्डौ । काम सम्पन्न भएका सडक आयोजनाको समयमा भुत्तानी नहुँदा विरोधको सामना भौतिक पूर्वाधार मन्त्री, सचिव र सडकका डिजीले गर्नु पर्ने तर अर्थ मन्त्रालयले बजेट निकासा नदिने समस्यावाट भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला ग्रस्तछन् । पार्टी अध्यक्षलाई ठेकेदार सांसदले कुरा लगाउँदा पनि मन्त्री हैरान परेका हुन् । नारायणकाजी श्रेष्ठले बसालेको घुस नलिई सरुवा गर्ने थितिमा चल्दा मन्त्री ज्वालालाई पार्टीका ठेकेदार एवं व्यापारी चरित्रका सांसद प्रेम आले र किसान श्रेष्ठले टिक्न दिएका छैनन् । नेकपा एकिकृत समाजवादीले माघमा पार्टीको महाधिवेशन गर्ने भन्दैछ । महाधिवेशनका लागि पैसा जरुरी पर्छ । त्यो पैसा जुटने भनेका सडक आयोजनाको ठेक्का दिलाउँदा र बनेका आयोजनाको भुत्तानी गर्दा हो । यसको योजनाकार मन्त्रीको गृह जिल्लाका प्राविधिक सहसचिव भिमार्जून अधिकारी हुन् । उनी विभागको डिजी हुने तर्खरमा छन् । सचिव केशव शर्मा सडकका डिजी शुशिल वावु ढकाल भ्रष्टाचार कमिशन र विचौलिया प्रथाका बिरोधी भएकाले मन्त्री ज्वालाका हकमा ठिकै थिए । तर पार्टीमा चर्को विरोध बढन थालेपछि गत विहिवार अधिकारीकै पहलमा सडक डिभिजन काठमाण्डौको हलमा अयोजना प्रमुख र डिइहरुको भेला राखियो । त्यो भेला एकिकृत समाजवादीको लागि संस्थागत रकम जुटाउन नसक्ने सचिव र डिजीको फेरवदल गर्ने सम्मको योजना बनाएर नै आयोजना गरिएको थियो । प्राविधिक सहसचिव भिमार्जून २ वर्षपछि सचिव हुन्छन् । सचिव र डिजी सार्न उनले मन्त्रीलाई मिलाएका छन उनको योजनामा मन्त्री चल्न थालेको कुरा यो पहलले पुष्टी गर्दछ ।
सचिव शर्माको ठाउँमा सडककै इन्जिीनियर विश्ववावु पुडासैनीलाई ल्याउन अभियानको संकेत थियो यो । पुडासैनीले आँफु केशवको ठाउँमा भएको खण्डमा एकिकृत समाजवादीको नाममा ५÷७ करोड तत्काल उठाई दिन सक्ने कुरा भिमार्जून अधिकारीलाई सक्षी राखेर मन्त्रीलाई विस्वास दिलाएको बताइन्छ । गोर्खावासी पुडासैनी आफ्नै सहयात्री डिजी ढकाललाई पनि फर्ने पक्षमा छन् । भेलामा डिभिजन प्रमुख र आयोजना प्रमुखहरु ७०÷७५ जना सहभागी थिए । सडक आयोजना लथालिंग हुनुको कारण काम गरेर ठेकेदारले भुत्तानी नपाउनु नै हो भन्ने निष्कर्ष पनि त्यो छलफलले निकाल्यो । आफ्नै आयु कति छ थाहा नपाएका मन्त्री प्रकाश ज्वालाको निष्ठा र इमान्दारिताबाट मूर्मूरिएका खन्चुवा प्रवृत्तिका सांसदहरु राजेन्द्र पाण्डे प्रेम आले, किसान श्रेष्ठकै कारण अव सडक डिभिजनका आयोजना प्रमुखहरु र डिजी बन्नेले मधेसका मन्त्री हुँदा बोलकबोल गरे जस्तै थैली बुझाउनु पर्ने प्रथा शुरु गर्ने अवस्थामा माधव नेपालको पार्टी रहेको बताईन्छ । माधव नेपाललाई धम्काउने र मन्त्री नदिए एमालेमा फर्किने घुर्की लगाउनेमा ठेकेदार प्रेम आले व्यापारी किसान श्रेष्ठ अग्रपंक्तिमा पर्छन् । त्यो बुझेर आफ्ना जिल्लावासी मन्त्री ज्वालालाई उठाउन सिकाउने प्राविधिक सहसचिव अधिकारी सकृय भएका हुन् ।
सचिव र डिजी फेर्ने योजना सहितको यो बैठक फेरी पनि बस्नेछ । जुन बैठकमा मन्त्री ज्वाला सहभागी हुन्छन कि अर्को नेता मन्त्री बनेर आउँछ थाहा छैन् । सडकमा भुत्तानी नगर्ने काम खोज्ने प्रवृत्तिले झन समस्या चर्कदो छ । यो बैठकवाट सचिव शर्माको विरुद्ध खटेका व्यवहारिक रुपमा आफ्नै हैसियत बुझ्न नसक्ने संर्किण चरित्रका अर्का सहसचिव निकै खुसी भएको सडक समाचार सूत्र बताउँछ । काठमाण्डौ डिभिजनमा हुँदा अख्तीयारले रंगेहात घुससहित पक्राउ गर्दा गोपाल खड्काले लोकमान सिंह कार्की गुहारेर जागीर बचाईदिएका तीनै सहसचिव पनि डिजीका दावेदार हुन् । तर यस पटक उनलाई बिभागको पूल महाशाखा नै काफी छ । अपराध आँफु गर्ने ठेकेदार सताउने पैसा अशुल्ने धन्दा रेणु यादव र रघुवीर महासेठको समयमा व्यापक थियो । तीनले दिएका पिडावाट सहसचिव तहका सवै प्राविधिक भुक्तभोगी थिए । कवोल गरी बजेटको मात्रा हेरेर कमिशनको चलखेलमा फस्टाएका त्यस्ता सहसचिवहरु भौतिक मन्त्रालय, सहरी विकास, सिचाई तथा उर्जा र खानेपानीमा थुप्रै छन् । बर्तमान सरकारमा भ्रष्टाचारीसँग संगत गरेकै अनुभवी मन्त्री धेरै छन् । अर्थ मन्त्री डा. प्रकाश शरण महतले भुक्तानीको फाईल सदर गर्नु पूर्व ठेकेदार सांसद वहादुर सिंह तामाङ र पूर्व सांसद जीतवीर लामाको परामर्श लिने गरेका छन् । यो थाहा पाएर पे्रम आले र किसान श्रेष्ठले माधव नेपाल समक्ष मन्त्री विरुद्ध कुरा लगाए पछि ज्वाला संकटमा परेका हुन् ।


सम्बन्धित समाचार