Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकका बजेट ठूला, खर्च कम

काठमाडौं । राज्यले विकास गर्न छूटाएको बजेट यो अवधिसम्ममा १५ प्रतिशत खर्च भएको छैन । विकासको पहिलो आधार सडक हो । सडक विभाग अन्तर्गत १ खर्ब ६१ अर्ब बजेट छ । काम सेकका ठेकेदारहरूको रु ७ अर्ब भुक्तानी भएको छैन । सिञ्चाई र शहरी विकासको क्षेत्रमा ४ अर्ब भुक्तानी गर्नु छ । कामचोरले ठेक्का लिएर मोबिलाइजेशन खर्च लिन्छ भाग्छ । ठेकेदार, विभागका डिजीहरू मिलेर बहुवर्षीय योजनामा रकम फसाउने समय बढाउने र लुट्ने काम प्रशस्त भएका छन् । कामको हुटहुटीले रन्थनिएका भौतिक पूर्वाधारमन्त्रीका लागि रु १० को कलमलाई रु २५ बनाएर कुम्ल्याउने परिपाटी खोतल्न समय लाग्नसक्छ । त्यही सडकमा अंगलाल रोकाय, विष्णु चौलागाई जस्ता इञ्जिनियर पनि छन् । जसको अरुसँग तुलना हुँदैन । रोकायको काम भनेको माओवादीको नाममा बोल कबोल टेण्डर खुलाएर उठाउने हो । तर त्यही पदका चौलागाईले अधिकारले पाएको गाडी सुविधा समेत लिन नसकेको पीडा कसलाई सुनाउनु रु त्यसो त सडक, सिञ्चाई, शहरी विकासमा ५ प्रतिशत कमिशन मै जान्छ त्यो रकम साउनमा बाँडिन्छ । सिञ्चाई, सहरी विकास र सडकमा खुलेआम काँग्रेस, एमाले, माओवादीको नाम बिक्छ । इञ्जिनियरहरूको सरुवामा मन्त्री र सचिवकै दादागिरी चल्छ डिजीको केही लाग्दैन । कामको प्रगति खोज्ने मन्त्रीले सडकको आन्तरिक बुझेका र एकै दिन सहसचिव भएका भौतिक पूर्वाधार सचिव केशव शर्मा सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग आन्तरिक सुधारका लागि पहल गरे कि पिच भएका गुणस्तर हिन सडकको अवलोकन मै व्यस्त छन् रु विकासे आयोजनामा जोडिएका पात्र र चरित्र चोखा हुँदैनन् । मन्त्री जोडिने यस्तैमा हो । सडकमा जस्ता धेरै ठूला आयोजना अरु मन्त्रालयमा कम छन् । हुलाकी सडक, पुष्पलाल मध्य पहाडी लोकमार्ग, मदन भण्डारी, लोकमार्ग जस्ता बहु वर्षे आयोजना आन्तरिक रूपरेखा उपप्रम एवं भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रीले मिहिन ढंगले बुझे भने सडकभित्रको अन्तरवस्तु थाहा हुन्छ । त्यही मन्त्रालयमा रेणु यादव मन्त्री बन्दा महिना दिनमै दुर्गन्ध चम्किएको थियो ।