Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले बजेट घोषणा गर्न दुई दिन बाँकी हुँदा भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका नेता रघुविर महासेठको पालामा जस्तै सरुवा आतंक चलाइएको छ । सडक विभाग अन्तर्गतको यो सरुवाले विगतमा सुशीलबाबु ढकाललाई हटाएर रामहरि पोखरेललाई ल्याइएको इतिहास कायम गर्ने अभियानमा मन्त्री देवेन्द्र दाहाल भन्दा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार युवराज खतिवडा लागेका छन् । अहिले वैदेशिक महाशाखाबाट विजय जैसीलाई महानिर्देशकमा ल्याउने अभियान चलाइँदैछ भने उमेशविन्दु श्रेष्ठहरु सिनियर भए पनि अलपत्र पर्ने अवस्था छ । त्यहाँ एक नम्बरका सहसचिव भीमार्जुनलाई लत्याएर पाँचौं नम्बरमा जैशीलाई च्याप्दा सडक विभाग कहाँ को द्वारा परिचालित हुँदो रहेछ भन्ने कुरा छर्लङ्ग हुँदैछ । किनकि विगतमा पनि थैलो थाप्ने बेलामा यसरी नै महानिर्देशकहरु हटाउने र नयाँ ल्याउने चलन थियो । तर सरकारले ठेकेदारहरुको भुक्तानी नदिँदा आन्दोलन भइरहेको अवस्थामा सडक विभागका डिइ र सुईहरु सरुवा गरेर उपलब्धी हुन्छ भन्ने सोच्नु सरकारले घोषणा गरेको समृद्धिको यात्रा जस्तै हो ।
२०८२ जेष्ठ १५
ताजा नेपाल
२०८२ जेष्ठ १५
ताजा नेपाल
२०८२ जेष्ठ १५
ताजा नेपाल