Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकमै देखिन्छन् थरिथरिका रूप

काठमाडौं । सडक विभागभित्र विचौलिया हावी भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमै बदनाम पात्रहरूको जमघट छ । मन्त्री रेणु यादवले अति नै भएपछि राजकिशोर यादवलाई छेक्न र एमाले सचिव रविन्द्र श्रेष्ठलाई अत्याउन वरिष्ठ इञ्जिनियर बलराम मिश्रलाई प्राविधिक सल्लाहकार बनाउने तयारी गर्दै गर्दा स्वकीय सचिव कृष्णदेव यादवले समेत सडकका सुई र डिइहरूलाई हैरान पारेका छन् । माओवादीका छापामार चरित्र देखाउने २४ घका अंगलाल रोका हुन् वा डोलिडारबाट आएका अर्जुन ढकाल किन नहुन् यिनले गतिलो ठाउँ खोज्न थालेका छन् । यो टोलीलाई मन्त्रालयका सहसचिव केशव शर्मासँग जोड्ने गरिएको छ । बिन्दबासिनी मन्दिरका पुराजीका ज्वाइँ शिवहरि सापकोटालाई सेवा अवधि ६ महिना बाँकी रहँदा विभागको महानिर्देशन बनाउन मन्त्रीले सघाउनुको कारण भनेको मान्छ भनेर नै हो ।
नेपाल ट्रष्टको सचिवबाट अवकाश पाएका रामकृष्ण सापकोटा पनि सडकको चहलपहलमा जोडिएका हुन्छन् । यसपटक भाइ शिवहरिका लागि रामकृष्णले ठूलो दौड गर्नु परेन । राजकिशोर यादवले सडकको ठेकेदारी गरेर नै राजनीतिक पहुँच बढाएका हुन् । ठेकेदार र इञ्जिनियरहरू पार्टी अध्यक्षसम्म पुग्ने गर्छन् । रेणु यादवको पार्टीमा तराई मुलका ठेकेदार धेरै छन् । मन्त्री यादवले ऐन नियम नहेर्ने, सचिव श्रेष्ठ ऐन नियम केलाउने गर्दा बेला बखत मन्त्री स्तरीय निर्णय उल्टिने गरेका पनि छन् । त्यसमा ठेकेदार यादवको हात रहेको शंका मन्त्रीलाई हुनु स्वाभाविक हो । त्यही कारण उनले सडक बुझेको, सडकबाटै रेल विभागमा पुगेर अवकाश पाएको कुशल इञ्जिनियर बलराम मिश्रलाई प्राविधिक सल्लाहकार बनाउने तयारी गरेकी हुन् । राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी इञ्जिनियर मिश्रलाई नियुक्ति गर्न अर्थमा पुगेको सहमति स्वीकृतिको फाइल मन्त्रालयमा फर्केको छैन । सडकभित्र पुलमा थन्क्याउने र काममा खटाउने अभियान धेरै हुनेगर्छ ।
सुई कैलाश श्रेष्ठ जगेडामा थान्को लाग्दा सडकभित्र डनका रूपमा परिचित अशोक तिवारीसँगै रूपकराज भण्डारीहरू मन्त्रीसँग जोडिन पुगेका छन् । तिवारीलाई मौकाअनुसार ठूलै बजेट भएका आयोजना हात पर्छ । यस पटक उनी मदन भण्डारी राजमार्ग निर्देशनालयमा जान तयार छन् । दिपक श्रेष्ठ भने महिनौ घाम तापेर उत्तर दक्षिण आयोजना कार्यालय पुगेका छन् । काठमाडौंको सडक सपार्नु पर्दैन । सडकको खाडल पुर्नु पर्दैन । रंग रोगन छैन, जेब्रा क्रसको कलर भिआईपी सडकमै पुरानो भइसक्यो । अर्जुनजंग थापा १७ महिना बिताएर मन्त्रालय पुगे । शिवहरि आएका छन् उनलाई दिन कटाउनु छ ठूलो बजेटका सडकमा जान मन्त्रीलाई रिझाउन जसले सक्छ ऊ पुगेकै छ । रेणु यादव काम होइन दाममा जोडिएकै छन् ।