Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ताको साथ पाएकी रञ्जिताले आफैंलाई दलको नेता घोषणा गरिन्

काठमाडौं । यहाँ सत्ताको साथ भयो भने जुनसुकै जस्तासुकै गैर कानुनी निर्णय पनि वैध हुन्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन् । पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको’ उल्लेख गरेकी छन् । ष्टीकरण सोधिएकोमा तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२–४–३० गते कारबाही गरेको’ संसद् सचिवालय पुगेको पत्रमा उल्लेख छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न भनेर अध्यक्ष श्रेष्ठले संसद् सचिवालयमा पत्र पठाएकी हुन् ।


सम्बन्धित समाचार