Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ताबाट अघाएकालाई के पुगेन

काठमाडौं । नेपाली काँग्रेसभित्रको लडाइँ हिजोको शासक वर्गको स्वार्थसँग जोडिएको छ । सरकारमा बारम्बार रमाएका भ्रष्टहरूबाट बदनाम भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, बाबुको स्वामित्वको राजनीतिबाट उदाएका पात्र हुन् । विजय गच्छदार, स्व. गिरिजाप्रसाद कोइरालाको कृपामा उम्केलका शेरबहादुर देउवालाई मात लागेर ०५५÷०५६ सालमा पार्टी फुटाउँदा काँग्रेस प्रजातान्त्रिको महामन्त्री भएका थिए । त्यो काँग्रेसले चुनावमा भिड्ने आँट गरेन । ०५६ सालमा पुरानै घर फर्केर ६०÷४० को पित्कोमा रमायो । भ्रष्टाचारमा रमाएको खुमबहाखुर खड्का, चिरञ्जीवी वाग्ले समेत त्यतै थिए । पार्टी विभाजन हुँदाको स्थितिमा स्व. गिरिजाले रहरले विभाजनको बाटो लिनलाई सत्ताको पदकै लोभमा रिंगाए । तिनैमध्येका रामचन्द्र पौडेल आज राष्ट्रपति छन् । उनी व्यक्तिगत स्वार्थ भन्दा दायाँ बायाँ नगर्ने नेता थिए । आज पनि छोरीका लागि उनले काम गर्छन् ।
आजको काँग्रेसमा कृष्ण सिटौला, पूर्णबहाखदुर खड्का, विमलेन्द्र निधि, मोहन बस्नेत, डा. प्रकाशशरण महत, आनन्द ढुंगाना, जीवनबहादुर शाही, मेखलाल श्रेष्ठ, किशोर सिंह राठौर, नारायणप्रकाश साउद पार्टी विभाजनको निम्तो बाँडदैछन् । यी मध्येका राठौर र श्रेष्ठ सत्ता स्वार्थमा लडीबुडी खेलेकाहरू होइनन् । यिनीहरूलाई पार्टी विधान पनि चाहिएको छैन । देशको विद्यमान कानुन पनि जरुरी छैन । यिनीहरूले पार्टी बनाउन जिल्ला दौडाहा पनि गर्दैनन् । त्यहाँ थपिए डा. शेखर कोइराला, कटने काजी उर्फ मोहन बस्नेतहरूले सभापति गगन थापाहरूको विरोध गर्नुको कारण यिनको लुटमा राज्यले थालेको छानविनमा पार्टीले हस्तक्षेप गर्नुपर्ने थियो । तर भ्रष्टाचारले गन्हाएकाहरूलाई सघाउनु भनेको अबको काँग्रेस ओरालो लाग्नु हो भन्ने बुझेको युवा पुस्ता जुुर्मुरायो । मुलुकको राजनीतिक परिवर्तन भएको छ । पार्टीको नेतृत्व परिवर्तन समयको माग हो । काँग्रेसभित्रको लडाइँ पदप्राप्तिमा केन्द्रीत छ । जनता र राष्ट्र यहाँ छैनन् । जनताको सरोकार त्यहाँ रुचिको विषय बन्दैन । किनकि भ्रष्ट धेरै छन् । राष्ट्र राष्ट्रियता समावेशीताको मुद्दा त्यहाँ उठ्दैन । व्यक्तिको स्वार्थ बढी हुन्छन् । मात लागेपछि पार्टी फुटाउन शेरबहादुर देउवाका हुनमानहरू कसरी जुट्छन् त्यो देखियो । शेरबहादुर सिंगापुरमा रमाएकै छन् । डा. शशांक जस्ता गहना त्यतै छन् । पार्टी विभाजन गर्ने स्वार्थी समूहले असोज १६–१९ सम्ममा हुने १५औं महाधिवेशन रुचाएको छैन । प्रदेशसतरीय भेला गर्दै यो समूह पार्टी विभाजनको बाटो जुटेको कारण त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा चर्को विरोध भएकोछ । मोहन बस्नेतले सभापति गगन थापाका विरुद्ध बोलेका मात्र के थिए उनका विरुद्ध सामाजिक सञ्जालको प्रयोग गरी त्यो समूहको लुटको माध्यमले विरोध भयो । यो जमातसँग जोडिएका डा. शेखर कोइराला आज राजनीतिक निष्ठामा चुर्लुम्म डुबेका छन् । उनको दाउ कोइराला वंशबाट फुत्केको काँग्रेसको नेतृत्व आप्mनो पहुँचमा ल्याउने भन्ने थियो तर विशेष महाधिवेशनको रन्कोले उनलाई पनि अल्मल्याएको छ । विधान यिनले पनि पढेनन् । देउवा समूहको नाममा चुनाव लडेका कसैले पनि जितेनन् तिनको निम्ति समानुपातिक सांसदकै बाहुल्यता बडाउनमा थियो । किस्तीमा हालेर कसैले पद दिँदैन । कृष्ण सिटौला र डा. शेखर समूहमा लागेर राजनीति उचाईमा पुगेका गगन थापाको समूहमा यिनै सुस्त गतिका सिटौला र समयलाई चिन्न नसक्ने डा. शेखरको पछि लागेर समय बिताउनु थिएन । युवा टोलीले पुरानो पुस्तालाई त्यागेर समयको बेगमा दौडने शक्ति खोजेको छ । जेनजी पुस्ताले पुरातन शैली पुरानै परम्परामाथि प्रहार गरेको छ । तर पूर्णबहादुर खड्का बदनाम टोली लिएर रमाइलो मनाउँदैछन् । काँग्रेसमा पनि युवा पुस्तालाई स्वीकार्ने जति विशेष महाधिवेशनका पक्षमा जुटेका छन् । जो बदनाम छ त्यो टोलीले विशेष महाधिवेशन स्वीकार नगर्दा काँग्रेसको युवा पुस्ताको शक्ति घटदैन । तर पनि सभापति थापाले २२ जना केन्द्रीय सदस्य तिनकै मनोनित गरेका छन् । प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधिले आह्वान गरेर अबको जनता र पार्टी कार्यकर्ता सडकमा आउँदैन । अबको पार्टी घिस्रेर चल्दैन । टिके प्रथाबाट भगिनी गठनहरू चल्दैनन् । पार्टीको विधान कार्यान्वय गर्नु पर्ने विस्तारी समूहको यो धम्कीबाट सभापति गगन थापा समूहलाई छोएको छैन । संस्थापनले क्रियाशील सदस्यता अध्यावधि गरेको छ । असोज १६ देखि १९ सम्म १५औं महाधिवेशन गर्ने तयारी गरेको छ । खाइपिएर रमाउने कुम्लेको टोली कार्यकर्ता भड्काउन सक्रिय छ ।


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल