Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गणेशबहादुर गुरूगं, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूगं, वर्षामान पुन, नेकपा ९एकीकृत समाजवादी०बाट झलनाथ खनाल, डा। विजय पौडेल र प्रकाश ज्वला, जसपाबाट डा। अशोक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पौडेलको उपस्थिति रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको हिजो आइतबार बसेको बैठकले सोमबार शीर्षस्थ नेताहरुबीच छलफल गर्ने निर्णय गरेको थियो ।