Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनको बैठक सकियो, सहमति भएन !

काठमाण्डौ । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए । मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएर सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेको बताए । उनले भोलि पुन बैठक बसेर सहमति खोजिने बताएका छन् ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल