Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आर्थिक अपराध काँग्रेसका नीतिगत एजेन्डा बन्दैछन् । २३ प्रतिशत विपक्षीको कुरा संस्थापनले सुन्दैन । बीपी पुत्र डा शशांक आफैं सहभागी नभए पनि ऊर्जामन्त्रीमार्फत् देश लुटमा सहभागी भएका पात्र हुन् । भ्रष्टाचारको विरोध गर्दा आफ्नै कोटाका मन्त्री बद्री पाण्डेले पोखरा र लुम्बिनी विमानस्थलका निर्माणमा भ्रष्टाचार गर्ने प्रदीप अधिकारीमाथि कारबाही गर्नु सट्टा जोगाएको कुरा सांसद राजेन्द्र बजगाई र डा. सुनिल शर्माले बताउँदा मन्त्री पदबाट हट भन्न डा. शेखरले सकेनन् । पर्यटन व्यवसायी बजगाई आफैंले राखेका प्रस्ताव पर्यटनमन्त्री बद्री पाण्डेले नमान्दा मिडियामा आए । उनै पाण्डे डा शेखर टिमबाट मन्त्रीमा पठाइए । अहिले महामन्त्री गगन थापासँग जोडिएका बद्री पाण्डेलाई पार्टीले फिर्ता बोलाउने अवस्था छैन । डा. आरजु राणा, रमेश लेखक, बद्री पाण्डे, दिपक खड्का जस्ता पौरखी पात्रहरूलाई अगाडि सारेर चुनावमा जानैपर्छ । टिमबाट अलग भए पनि पैसा हुँदा झन् बलियो टिम बन्छ भन्ने कुरा यी चारजना पौरखी प्रमाण हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण जेल बसे, छुटे । तर टोकराज पाण्डे, टोपबहादुर रायमाझी, जेलमै छन् । मञ्जु खाँण, डा. आरजु प्रम ओलीका पिए राजेश शाक्य थिए । राजेश शाक्यसम्म छानविन अनुसन्धान पुगेन । भ्रष्टाचारी जोगाउनकै लागि असार १५ गते बालकोट पुगेर बनेको यो गठबन्धनका योजनाकार उनै डा. शेखर थिए ।
महामन्त्री गगन थापाको टिमका प्रदीप पौडेल स्वास्थ्यमन्त्री छन् । बीमा गरेका विरामीको उपचार सरकारले रकम नदिँदा अस्पतालहरूलेनै रोकेका थिए । ओली सरकार दलाल र माफियाको सेवक हो भन्ने कुरा स्वास्थ्य क्षेत्रका विशाल पण्डित, ऊर्जा क्षेत्रका दीपक भट्ट, साइबर क्षेत्रका अस्गर अली नै काफी छन् । यो मुलुकले देशको युवालाई वैदेशिक भ्रमणमा पर्यटनक भिसा दिलाएर पनि नेताको खल्ती भ¥यो । देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठायो ।
लोकतन्त्रका पौरखीहरू प्रधानमन्त्री केपी शार्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जामन्त्री दिपक खड्का, उद्योग मन्त्री दामोदर भण्डारी, भूमिसुधार मन्त्री बलराम अधिकारी, पर्यटनमन्त्री बद्री पाण्डे, गृहमन्त्री रमेश लेखकमाथि कसले कारबाही गर्ने ? जबकि अख्तियारमा समेत आफ्ना सेवा र शर्त अनुसार अगाडि बढ्ने गरी प्रधानमन्त्रीले स्थापित गराएको टिम छ ।
भ्रष्टाचारी नेतृत्वले सदाचारमाथि नै प्रहार गर्दा त्यही कारण काँग्रेसका नेता डा. शेखर, गगन, विश्वप्रकाश, डा. सुनिल शर्माको आवाजलाई डा. शशांकले दबाउन सभापतिलाई उकास्छन् । यी शशांक बीपीले कल्पना गरेको समाजवादभित्र ऊर्जामन्त्री दीपक खड्का नचल्ने बहादुरमा पर्छन् । नेपाली काँग्रेसमा यस्ता पौरखी धेरै छन् । काँग्रेसभित्र निर्वाचन जित्न विपक्षीलाई खेदाउन बम बनाउँदा विष्फोट हुँदाका घाइतेको उपचार गर्नु सट्टा जिउँदै इटा भट्टामा जलाएर मान्छे मार्ने अपराधी जेल मुक्त हुन्छ । जनताको बचत हजम गर्ने धनराज गुरुङ उपसभापति एवं सांसद माया राई सांसद पदमै हुन्छन् । यिनैमाथि अन्याय भएको विश्लेषण गर्ने शंकर भण्डारी जस्ता नेता छन् । यस्ता पौरखी सांसद र पार्टीका नेता भएको काँग्रेसमा प्रधानमन्त्री पदको पर्खाइमा बसेका सभापति शेरबहादुर देउवा जस्ता सहज नेता हुँदा शदाचारवादी डा. शेखरले आफैंले बनाएको गठबन्धन जोगाउनु भन्दा भत्काउने योजना किन बनाए ? गृहमन्त्रीको लुटमा डा. आरजु राणा समेत जोडिँदा अख्तियारको छानविन निष्पक्ष हुने विश्वास छैन । एयरपोर्टको अध्यागमन काण्ड कर्मचारीबीचकै लेनदेनमा विवाद भयो, बाहिर आयो । यहाँ रमेश लेखक जोगिने सहसचिव तीर्थ भट्टराईको टोली कारबाहीमा पर्नु नौलो होइन ।
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल
२०८२ असार १
ताजा नेपाल