Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रोलेक्स घडी चोरदेखि रातो पासपोर्टसम्म कृषि व्यापार आयोजनाको पशुपालन कार्यक्रम (बाख्रा, कुखुरा) पालनदेखि त्रिचन्द्र क्याम्पस मार्फत् त्रिभुवन विश्वविद्यालयको वेवसाइड बनाउन लिएको पैसासम्मका भद्दा मजाक गृहमन्त्रीकै मुखले प्रकट गर्दा काँग्रेसका कथित युवाहरूको शिर गिर्नु पर्दछ । विद्यार्थी नेता बन्दा गल्ला बनेर विद्यार्थी विदेशमै छाडेर आएको काण्डका हस्ती होउन् वा मदर टेरोसको नाममा खुलेको नेपाली संस्थाका डलर तलबदार किन नहुन काँग्रेसको कुलदेवीका भन्दा कम अपराध होइन । घडी चोरलाई बारम्बार सांसदको टिकट दिने काँग्रेस आफैं बदमास हो । त्यस्तैलाई संसदको सामाजिक न्यायिकविकास समितिको सभपाति पद दिलाउने काँग्रेस झन खराब हो ।
गृहमन्त्रीले रोष्टमबाट बोलेका कुरा संसदमा रेकडेट हुन्छन् । उनले रिसको आगो ओकले । काँग्रेसले सहकारी ठगीका कुरामा जसरी एजेन्डा बनायो त्यो एजेन्डा गगन थापा, धनराज गुरुङ, मञ्जु खाँण, डा.आरजु देउवा, टेकबहादुर गुरुङ र रामहरि खतिवडाका विगतसँग नमिलेका भए उनीहरूको सदनमा घोडाचढी दौडमा उफ्रने तागत आउने थिएन । धनराजले सफाई पाएको त बताए । तर उनकै कारण दुःखीत कति भए ? प्रमाण पूर्व सांसद रामचन्द्र अधिकारी ज्यूदै रहेको धनराजले पत्तो पाएनन् । जसले राजनीति छाड्नु प¥यो । सरकारवादी मुद्दा तत्कालिन सरकारले काँग्रेसी न्यायाधीश लगाएर धनराजलाई सफाई दिएको संसारलाई थाहा छ । त्यसो त काँग्रेसी न्यायाधिश कुमार रेग्मीको बेञ्चमा बालकृष्ण खाँणको मुद्दा पठाएर फैसला गर्न लगाइयो भने खाँण माफी प्राप्त नेता बन्ने छन् । जबकि उनले शेर्पा थरका काँग्रेसी पूर्व संविधानसभा सदस्य मार्फत् १ करोड ३५ लाख विचौलिया सन्देश शर्मालाई फिर्ता गर्न लगेको बयानमा बताएकै हुन् । तर शेर्पाले खाँणबाट प्राप्त रकम फिर्ता दिएका थिएनन् । मञ्जु खाँणको हकमा पनि त्यही हो । डा. आरजु राणाको विषय पनि यही हो । उनले सन्देश मार्फत् रु ८ करोड लिएको सन्देशले नै बताएका थिए । नेपाली काँग्रेसले यो बेला अँगेनोमा हात त हाल्यो । उसको पक्षमा कैलाश सिरोहिया र उनकै कम्पनीले समाचार प्रवाह गर्लान् । तर घडी चोरदेखि बाख्रा पाकलसम्मका आर्थिक विचलनका कुरा प्रमाणित होइनन् भन्न सक्दैन । कान्तिपुरले रविद्वारा लिएको गोरखा मिडिया नेटवर्कसँगको ऋण फेहरिस्त ल्याएको छ । २ वटा नागरिकतामा कैलाश पक्राउ परे । त्यसको खण्डन गर्ने र धनराजले झैं अदालती सफाई पाउने ठाउँ छैन । फूर्ति किन लगाउने आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने नेता नै काँग्रेसमा छन् भने पुराना दलको भण्डाफोर गर्दै उदाएको रास्वपाको सिद्धान्त नीति, कार्यशैली र व्यवहार जनतामा नमूना योग्य बनाउन रविले गृहमन्त्री नै रोज्नुको कारण पनि खुल्दैछ । पालो आएपछि अरुको भेद खुल्छ । सत्ता स्वार्थका लागि शेरबहादुरले राखेको प्रस्ताव नमान्दा रातरात रवि खेद्ने एजेन्डा बनाउन कृषि व्यापार आयोजनाको १५ करोड झ्याप पार्ने, त्रिविको वेवसाइड बनाउन स्ववियु सभपातिको नाताले रु ४५ लाख खाने गणतन्त्रका पिल्लहरूको पनि रहस्य झन् खुल्छ । नीतिगत भ्रष्टाचारका नायक केपी ओलीको हावादारी योजनाले कुनै बेला देशको समृद्धि र विकास पशुपतिको जलहारी, थामसेर्कु, यति होल्डिङ्स, नेपाल ट्रष्ट, वतास हुँदै कानुन बनाएर गिरिबन्धु टि–इस्टेटसम्म फाल हान्दा दिपक मलहोत्राले एमालेको दशौं महाधिवेशनको खर्च रु ७० करोड तिर्न राजी भएकै हुन् । किनकि उनी भूमाफियाका पिल्लर भए । यस्ता पिल्लर काँग्रेसमा धेरै छन् । यो विरूपमा प्रचण्डका सेनामेना उनको शक्ति देखाएर सहभागी भए पनि आफैं सहभागी भएका छैनन् । जसरी केपी ओली र शेरबहादुरहरू लागेका छन् । किनकि नेपालको न्याय सेवा र प्रहरी एमाले–काँग्रेसको पकडमा छ । अख्तियार यिनकै हो । प्रहरी तिनकै हो । निजामति सेवामा काँग्रेस र एमाले नै हावी छन् । व्यापार गर्ने तर कर नतिर्ने, विद्युत प्रयोग गर्ने महसुल नतिर्ने काँग्रेस–एमालेकै उद्योगी, व्यापारी हुन् । डाक्टर, इञ्जिनियर पनि काँग्रेस र एमालेकै छन् । रोगीको उपचारमा डाक्टर रोजिन्छ । ठेकेदार यिनकै धेरै छन् । जसले कार्टेलिङ गरेर ठेक्का कब्जा गर्छ । पेश्की लिन्छ, समयमा काम गर्दैन । समाजका यस्ता बेथितिका बारेमा बोल्न नपर्नेहरू आफैंले झैं रविले सहकारी ठग्दा आफ्नो ऐना कति हेरेका छन्, त्यो समयले बताउँछ । पदीय गरिमा भन्नुको अर्थ छैन । किनकि गणतन्त्रका छोटे राजाहरूले संघीय लोकतन्त्रको बदनाम गराए । काँग्रेसले संसद अझै अवरुद्ध गरे पनि अब भष्मासुर चरित्रबाट मुक्त भए भन्ने ठाउँ छैन । किनकि भृकुटी मण्डप जग्गा भाडा काण्ड, बाँसबारी काण्ड, स्काउटको जग्गा काण्डमा दीपक खड्का, टेकबहादुर गुरुङ, विनोद चौधरीको योगदानले टेरामक्स प्रकरणको ३ अर्ब ८५ करोड भागवण्डामा फिर्ता गर्ने आँट कटने काजी र ज्ञानेन्द्र कार्कीमा छैन । किनकि यो काण्ड कुलदेवीकै निर्देशनमा भएको हो । काँग्रेसले खोजेको बाटो भनेको कारबाहीको चरणमा रहेका अरु घोटलामा महारानीलाई नछोउ भन्ने मात्र हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल