Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सदन अवरोध हटाउनेबारे सिंहदरबारमा छलफल

काठमाडौं । सभामुखसहित दलका प्रमुख सचेतकहरूकोे बैठकमा सदन अवरोध हटाउनेबारे अझै सहमति जुट्न सकेको छैन ।

सिंहदरबारमा बसेको बैठकमा संसद्लाई अघि बढाउने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा माओवादीले ‘हिंसा’ शब्द जनयुद्धसँग जोडिएर आएको भन्दै सदन अवरोध गर्ने दलको निर्णय जानकारी गराएको थियो ।

माओवादीले जुन विषयवस्तु उठाइरहेको छ । शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धका भाव त्यहाँ व्यक्त भएका विचार यस विषयसँग सम्बन्धित छ । दलले अवरोधलाई जारी गर्ने निर्णय हो, उनले आफ्नो बैठकको निर्णय सुनाएकोबारे सञ्चारकर्मीसँग भने ।

प्रमुख सचेतक पाण्डे भने छलफलका विषयबारे आफ्नो दलमा जानकारी गराउन भन्दै बैठक कक्षबाट निस्किएका छन् । यहाँ छलफल भएको विषयलाई दलमा लैजाँदैछु, उनले भने ।

एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार माओवादीले छलफलका लागि एक घण्टाको समय माग गरेको छ ।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेका थिए । सोही विषय चर्किंदा माओवादीका कारण यसअघिको बैठक स्थगन भएको थियो ।


सम्बन्धित समाचार