Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले अव आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताएका हुन् ।
अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ । तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं, खनालले भने, नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ । उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल