Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सनराइज बैंकले खोल्यो परासीमा शाखा

काठमाडौं। सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरे। कार्यक्रममा पौड्यालले सर्वसाधारणलाई बचत गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरे। यस्तै बैंकको सुरूंगा शाखाको समेत स्थानान्तरण गरिएको छ। कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिकी सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे। कार्यक्रममा बैंककी नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल