Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपको भविष्य घिमिरेको हातमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरेको थियो । सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनी बिरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल