Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । क्रिकेट एसोसिसन अफ नेपाल क्यानले बलात्कार आरोपमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि आलोचना बढ्न थालेको छ। यस विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार सार्वजनिक रुपमा आपत्ति जनाएलगत्तै अर्का महामन्त्री गगन थापाले पनि मुख खोलेका छन्। महामन्त्री थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गर्नु आपत्तिजनक भएको बताएका छन्। उनले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने तर्क गरेका छन्। मेरो धारणा स्पष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नु, उनले सामाजिक सञ्जालमा भनेका छन्। थापाले एक साताअघि नै यो विषयमा कुरा उठेपछि आफूले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पनि कुरा राखेको स्मरण गराएका छन्। एक साताअघि नै यो प्रसङ्ग आउनासाथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ) लाई भेटेरै भनेको थिएँु, उनले भनेका छन्, ुअदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग गरेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। उनले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका बेला सन्दीपलाई टिममा फर्काउनु गलत रहेको दोहोर्याएका छन्। यसअघि कांग्रेस महामन्त्री शर्माले पनि क्यान अध्यक्षलाई फोन गरेर न्यायको नियम पालना गराउन आग्रह गरेको शुक्रबार बताएकाथिए। क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन ? शर्माले ट्विटरमा भनेका थि, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल