Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीप थप दुई दिन हिरासतमा

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहारपछि मात्र अभियोग पत्र दर्ता हुने भएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि त्यसको अध्ययन र अभियोग पत्र तयार गर्न समय लाग्ने भन्दै काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तिहारको विदापछि मात्र काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्ने भएको हो । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी हुन् । सन्दीपलाई हिरासतमा राख्न आइतबार अदालतबाट थप दुई दिनको समय लिइएको छ । सोमबारदेखि सार्वजनिक बिदा परेकाले तिहारपछि कार्यालय खुलेपछि मिलान हुने गरी थप समय लिने तयारी प्रहरीको छ ।