Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो । कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।