Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सप्तरीमा मदिरा तस्कर र प्रहरीबीच झडप, एकजनाको मृत्यु

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ। प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरी प्रवक्ता बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । सो मदिरा बरामद भएको छ ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल