Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबैको जिज्ञासा ओलीले मेट्लान ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टेलिफोन संवाद गर्दैछन्। उनले सर्वसाधारणहरूसँग चुनावलक्षित संवाद गर्न लागेका हुन्। ओलीसँग टेलिफोनमा कुरा गर्न झन्डै दुई लाख मानिसले नम्बर टिपाएका छन्। बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले संवादका लागि देखिएको उत्साहपूर्ण सहभागिताले आफू उत्साहित भएको बताएका छन्। मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद, उनले आफ्नो फेसबुक पेजमा बिहीबार लेखेका छन्, धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुशी छ। झन्डै दुई लाख मानिसले नाम टिपाए पनि ओलीले भने सबैसँग कुरा गर्ने छैनन्। उनको सचिवालयले छनोट गरेका व्यक्तिसँग मात्रै ओलीले टेलिफोनमा कुरा गर्नेछन्।