Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफैंलाई सघाएकाहरूले विश्वास नगरेपछिको अवस्थामा पार्टीका नेताले साहरा खोज्नु अनौठो होइन । अहिले लोभी पापी चरित्र र स्वार्थीे स्वाभावको शिकार बनेका रामचन्द्र पौडेलले आफ्नैले छाड्दै जाँदा साहरा खोज्नु पर्ने भएको छ । सभापति शेरबहादुर देउवाको विरुद्ध मोर्चा बनाएर खटेका रमचन्द्रलाई कृष्ण सिटौलाको टीमले कमजोर बनाइदिएको छ । पहिले उनै रामचन्द्रको पछाडि लागेका अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, डा. शेखर कोइरालाहरूले अब विश्वास गर्न छाडेका छन् । कैयौं छलफलहरूमा पौडेललाई सहभागी गराउन त्यो टीमले छाडेको छ । पौडेलको जोड आफैं सभापतिको उम्मेदवार बन्ने भए पनि १४औं महाधिवेशनमा त्यो मौका पाउने स्थिति छैन ।
सभापति देउवाले पौडेल गुटका भत्केको स्थितिलाई प्रयोग गर्दैछन् । लामो समयपछि देउवा महासमितिले स्वीकारेको विधान मान्न बाध्य भएका छन् । अब काँग्रेसका नेता समेत वडा तहबाट निर्वाचित हुँदै आउनु पर्नेछ । जय नेपाल भनेर बिहान बेलुका नेताका घर पुगेर चाकडी गरेकै भरमा राजनीतिक नियुक्ति लिने, समानुपातिक सांसद बन्ने अवस्था अब रहेन । रामचन्द्रले विस्तारै आफ्नो फाइदा लिने पार्टीमा आफ्नो कमजोर अवस्था आफ्नै स्वार्थी प्रवेत्तिले भएको महसुस गर्न थालेका छन् । हिजो पौडेलको हवेली बोहरा टार र देउवाको दरबार बुढानिलकण्ठमा गुटको बैठक बस्थ्यो । आज त्यो बैठक चाक्सीबारी, सामाखुशी, टोखामा हुने गरेको छ । कोइराला परिवारको टीम भने मण्डीखाटारमा बेला मौकामा डिनरको नाममा जम्मा हुन्छ । काँग्रेसले गति लिन थालेपछि जनगारण अभियानको महत्व नेतृत्वले बुझेको हुनुपर्छ । जनताको पक्षमा सिन्को नभाँचे पनि काँग्रेसको आन्तरिक कहल भने घट्दो छ । कम्युनिष्टको सरकार एकपछि अर्को अधिनायकवादमा लागेको छ । काँग्रेस संसदमा कमजोर छ । जागरण अभियानमा कार्यकर्ताले नेताहरूलाई सबक सिकाए । अहिले प्रकाशमानले समेत त्यागेपछि पदका लागि कहिले देउवातिर कहिले पौडेलतिर कुदेका अर्जुननरसिंह केसी समेत ठाउँ खोज्दैछन् उनको महामन्त्री बन्ने रहर जता लागे पनि सम्भव छैन । काँग्रेसको नेता भएको क्षमता र योग्यता रामचन्द्रले गोविन्दराज जोशीको पार्टी सदस्यता निलम्बन गराएर महासमिति बैठकमा सहभागी बन्न नदिएर देखाए । आफ्नै गृह जिल्ला तनहुँबाट काँग्रेसलाई सिध्याउन रामचन्द्र लागेका छन् । उनी अझै ठूलो पदका लागि शेरबहादुर देउवाको शरणमा जाने सम्भावना भएर नै प्रकाशमानहरूले रामचन्द्रको मूल्य घटेको देखेका हुन् । अब काँग्रेसमा बरु कृष्ण सिटौलाको महत्व होला रामचन्द्र गणनामा पर्न छाडेका छन् । उनी सहभागी हुने बैठकमा उनलाई अन्य सहभागी भन्दा एक घण्टापछि बोलाइने गरिएको छ ।
उता शेरबहादुरलाई विजय गच्छदारको पार्टी प्रवेशले बल थपेको छ । तर गच्छदार विधानत उपसभापति होइनन् । नवप्रवेशीलाई पदाधिकारी त के केन्द्रीय सदस्य पद समेत विधिसम्बत हुँदैन । महासमितिले संशोधन गरेको विधान पनि कार्यान्वयमा छैन । लथालिंग बनाइएका भातृ संगठनहरूले पुनर्जीवन पाउने स्थिति पनि काँग्रेसमा छैन । रामचन्द्रसँग काँग्रेसको भागमा पाउने संवैधानिक नियुक्तिहरूमा भाग खोजेका छन् । त्यो कुरा प्रकाशमानहरूले थाहापाएपछि अबको काँग्रेसमा रामचन्द्रको मूल्य घटेको हो । अहिलेसम्म देउवासँग भाग खोज्ने रामचन्द्रका पछाडि प्रकाशमान र अर्जुन थिए । अब उनीहरूले विकल्प खोजेका छन् । तर उनीहरू दुवैलाई यो पद दिन्छु भनेर संस्थापन पक्षले विश्वास दिलायो भने त्यतै लाग्ने स्थिति भने नभएको होइन । उनीहरू पनि पाएसम्म सुविधा आफैं लिन सफल क्षमता राख्छन् । जसरी रामचन्द्रले अर्काका लागि त्याग गर्दैनन् त्यसैगरी प्रकाशमानले काठमाडौं १ अर्जुनले नुवाकोट २ त्याग गर्न सक्दैनन् । स्वार्थ केन्द्रीत राजनीतिले नेपाली काँग्रेस र नेकपा भित्र नेताहरू बदनाम भएका हुन् । उनीहरूलाई पार्टीको विधान लाग्दैन । देशको कानुनले छुँदैन । पौडेलले तनहुँबाट बिदा लिएपछि अब चितवन ताक्दैछन् । जहाँ तत्कालिन सभापति सुशील कोइरालाले निर्वाचन जितेका थिए । तर चितवनका काँग्रेसले टुरिष्ट नेताहरूको आवागमन रुचाएका छैनन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल