Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन । पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको जनाएको छ । बैंकले व्यापार प्रवर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको जनाएको छ ।
नबिल बैंक मुलुकको धेरै बैंकिङ्ग गतिविधिहरूको लागि पायोनियर बैंक मानिन्छ । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिलाईसमेत व्यापक पहुँच पुराइरहेको छ । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १।५ औं गुणा बढी हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पु¥याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ । स्थापना भएदेखि हालसम्म बैंकले १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो ।
बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।