Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तामा जोसुकै पुगोस् उनलाई खार्स फरक पर्दैनथ्यो । किनकि उनले नेता तथा कार्यकर्ताको चित्त समय अनुसार बुझाउन जानेका थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधे । तर उनले चित्त बुझ्दो जवाफ दिनु परेन । बरु गंगा दाहालबाट अधिकारीसँग मिलेर काम गर्नु भन्ने आदेश किराँतीलाई आयो । उनै अधिकारी जेनजी सरकारका पालामा कारबाहीको निशानामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार पक्राउ गरेको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ । जेनजी आन्दोलपछि युवाहरुले कार्यालयमै गई उनलाई लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधिमा भएको बेथितिका विरुद्ध पदत्याग गर्न दबाव दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुननिर्माण र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अख्तियारमा समेत परेको उजुरी उनकै बहादुरीका कारण थन्किने गरेको थियो ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल