Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै सूचांकमा एनएलजी इन्स्योरेन्सको छलाङ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवमा कूल बीमा शुल्क आम्दानी ११.८४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा दुई अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा गत आवमा दुई अर्ब ३७ करोड १० लाख ७२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीले गरेको लगानी, पुनर्बीमा कमिशनबापतको आम्दानी ९.७३ प्रतिशतले बृद्धि भई ५४ करोडबाट ५९ करोडमा पुगेको छ । उक्त आम्दानीको हिस्सामा ३७ करोड रुपैयाँ पुनर्बीमा कमिशनबापत मात्रै आर्जन गरेको छ ।
कम्पनीको व्यवस्थापन खर्च १७।९५ प्रतिशतले बृद्धि भई २८ करोडबाट ३३ करोड पाँच लाख तीन हजार रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आम्दानी बृद्धि हुनु, बीमाको व्यवसायमा बृद्धि हुनु जस्ता कारणले कम्पनीको मुनाफा १४।०४ प्रतिशतले बृद्धि भई २३ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको मुनाफा २० करोड ५६ लाख ५० हजार रुपैयाँ रहेकोमा गत आवमा बृद्धि हुन सफल भएको हो । कम्पनीले गत आवमा दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम गरेको आज प्रकाशित वित्तीय विवरणमा झल्किएको छ । कम्पनीको कूल दावी भुक्तानी ४४.१९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा एक अर्ब ३१ करोड ८५ लाख ७० हजार रुपैयाँ कूल दावी भुक्तानी गरेकोमा गत आवमा कम्पनीले एक अर्ब ९० करोड १२ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।
कम्पनीको कूल बीमालेखको संख्या दुई लाख १२ हजार ९५५ वटा रहेको छ । कम्पनीमा अझै बक्यौता दावी भुक्तानी एक अर्ब ३० करोड ५८ लाख ४७ हजार रुपैयाँ बाँकी छ । सो रकम पुनर्बीमा कम्पनीबाट भुक्तानी लिई नेपालमा क्षति भएका बीमितलाई भुक्तानी गर्ने रकम हो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७.६८ रुपैयाँ रहेकोछ । मूल्य आम्दानी अनुपात २७.०४ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३.४३ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३१३.७५ रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषको आकार ११.४४ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधीको अघिल्लो आवमा एक अर्ब दुई करोड रुपैयाँको कोष रहेको कम्पनीमा गत आवको असार मसान्तसम्ममा आईपुग्दा एक अर्ब १४ करोड २२ लाख रुपैयाँको कोष खडा गर्न सफल भएको छ । निर्जीवन बीमा कम्पनीहरुमा अर्बको कोष खडा गर्ने थोरै संख्याका कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स पर्दछ ।