Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।यसैबीच आजको प्रतिनिधि सभाको बैठकपनि अवरोध गर्ने एमालेले जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज एमालेको संसदीय दलको बैठक नराखेको र सिधै सदनमा जाने उल्लेख गरे । भट्टराईले एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा एमाले पछि नहट्ने उल्लेख गरे । सोमबार सभामुखले सदन खुलाउनका लागि गरेको सर्वदलीय बैठक अनावश्यक भएको उनले बताए । उनले सत्ता गठबन्धन सहभागी भएको बैठकमा एमालेलाई मिसाउन आवश्यक नभएको र सभामुखले एमालेसँग मात्र छलफल गर्नुपर्नेमा जोड दिए ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल