Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापतिको हैसियतमा पहिलो पटक पार्टी कार्यालय छिर्दै गगन

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय ललितपुर, सानेपामा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय बीपी स्मृति भवनमा प्रवेश गर्ने भएका हुन्। वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो। थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्यहीँ राखेको थियो। त्यही दिन उसले नवनिर्वाचित कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो। तर देउवा पक्षले माघ ४ गते दायर गरेको रिट निवेदनमा सर्वोच्चले माघ ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। विवादकै कारण सभापति गगन थापा पक्षले केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा नराखी बाहिर राख्नुपरेको थियो। विशेष महाधिवेशनबाट चुनिएको भोलिपल्ट उसले पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेम र दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेको थियो। आज भने गगन नेतृत्वको कांग्रेसले आफ्नै पार्टी कार्यालयमा बैठक राख्ने भएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको कांग्रेस बैठक नवनिर्वाचित कार्यसमिति कार्यालय प्रवेशमा मात्र सीमित हुने छैन। यसले सभापति गगन थापालाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि गर्नेछ। यसपटक थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेसको सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन्। यसअघि उनी काठमाडौँ(४ बाट चुनाव लडिरहेका थिए। यस्तै आजको बैठकले घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिएका छन्। यद्यपि देउवा समूहले नवनिर्वाचित कांग्रेस कार्यसमितिलाई अझै पूर्ण रूपमा स्वीकार गरिसकेको छैन। अत आज नवनिर्वाचित कांग्रेस कार्यसमिति पार्टी कार्यालय प्रवेश गर्दा दुई पक्षबिचको द्वन्द्व कुन मोडमा पुग्छ, त्यो भने बैठक बसेपछि नै थाहा होला।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल