Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापतिले सबै कुरा मान्दा पनि उहाँहरु बाउठिनुभयो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विखण्डन रोक्न नसकिएको बताए । उनले विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत नियमित महाधिवेशनको तालिका ल्याएपछि सकिएको बताए । त्यो बैठकमा कार्यतालिकामा निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि सहमति रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको, राष्ट्रियसभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा बखेडा झिकेर विशेष महाधिवेशन नामको भेला गरिएको भन्दै खड्काले आपत्ति जनाए । विशेष महाधिवेशनको भेलाको नाममा काम अघि बढाएको जानकारी पाइयो । विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो । जनताले पार्टीलाई गरिएको विश्वास र भरोसा टुट्छ भनियो, खड्काले पत्रकार सम्मेलनमा भने, थापा र शर्माले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो । सभापतिले समेत बोलाएर छलफल गर्नुभयो । तपाईंहरूकै निर्णयले मेरो सही चल्यो । राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ । प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ । अहिले प्रत्यक्षको बेला आएको छ । टिकटमा हस्ताक्षर तपाईंले जसलाई भन्नुहुन्छ, उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भनेर ३० गते बिहान भन्नुभयो । खडकाले अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिनु सरासर झुट भएको बताए । उहाँहरूले जे जे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नुभयो त्यो सारा कुरा झुटा हुन्, गलत हुन् । विशेष बोलाउने अधिकार उहाँहरूलाई विधानले दिएको छैन । खड्काले नियमित र विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई मात्रै भएको बताए । कांग्रेसको नियमित र विशेष महाधिवेशन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गर्न सक्छन् । तर, गर्ने नगर्ने निर्णय लिने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई छ । सभापति, कार्यवाहक सभापति, महामन्त्री कसैलाई पनि छैन, खड्काले भने, तसर्थ यो विशेष महाधिवेशनका नाममा गरिएको भेला हो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल