Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापति थापाको अनुपस्थितिमा कांग्रेस केन्द्रीय समितिमा पेश भए दुई प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ। दुई दिनअघि सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा बैठकमा अनुपस्थित छन्। थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको बैठकमा थापाको राजीनामाबारे छलफल गर्ने र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो। बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको छ। बैठकमा नेताहरूबीच चुनावी परिणामको विश्लेषण र पार्टीको आगामी दिशा तयबारे छलफल भइरहेको बताइएको छ। बैठकका प्रस्तावहरुमा पहिलो नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदबाट दिनु भएको राजीनामा सम्बन्धमा । र दोस्रो, प्रतिनिधि सभा सदस्य निर्वाचन– २०६२ को सम्बन्धमा प्रारम्भिक समीक्षा सम्बन्धमा रहेको छ ।