Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखका कारण संसद बन्यो बन्दी

काठमाडौं । संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मंगलबार करिब २ घण्टासम्म छलफल चलेको थियो । तर, सभामुखको विषयमा दुई नेताबीच सहमति हुन सकेन । सभामुखको विषयमा सहमति जुट्न नसक्दा बुधबार (पुस १६ गते) बस्ने भनिएको बैठक सूचना टाँस गरी ११ दिनका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसअघि पनि पुस ११ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक १६ गतेका लागि सारिएको थियो । कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल