Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखका लागि बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार छलफल शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।
यसअघि भएका छलफल सकारात्मक भएको र अब निर्णय लिँदै संसद सञ्चालन गर्ने गरी आजको छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका कारण नेकपामा सहमति हुन सकेको छैन् ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आएका कारण अब अहिले चर्चामा रहेका नाम वा नयाँ व्यक्ति सभामुख बनाउने भन्ने विषयमा आज छलफल हुने बालुवाटार स्रोतको भनाई छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल