Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखको सक्रियातामा कानूनको खोजी

काठमाडौं । प्रधानमन्त्री केपि ओलीको हैकमबाद विरुद्ध सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेका छन् ।

संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको छ ।

सबैको ध्यान ओली सरकारले चलाएको असंवैधानिक कदम पछिको सत्ता समिकरण तर्फ केन्द्रीत छ । सरकारले संसदलाई वेवास्था गरेको छ । कानून अनुसार चल्ने हो भने प्रम ओलीले पदीय दायित्वबाट मुक्ति लिन आवश्यक छ । नैतिक रुपमा आफ्नो योजना असफल भएपछि राजनितिज्ञहरुले देखाउन लागि पनि इमान्दार बन्नु पर्दछ ।

शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेका छन् । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।