Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखको सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । राजधानी काठमाडौं कोरोनाबाट आक्रान्त हुँदै जाँदा भीभीआईपीहरुको नजिक कोरोना संक्रमण देखिन थालेको छ । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा रहने प्रहरीलाइ कोरोना पुष्टि भएको हो । प्रहरी स्रोतका अनुसार संक्रमित प्रहरी साउन ६ गतेसम्म सभामुखको अगुवा सवारीमा सुरक्षार्थ खटिइरहेको थिए । उनीसँग सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिएको र उनीहरुको रिपोर्ट भोलिसम्म आइसक्ने जनाइएको छ ।