Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेनन् । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो । त्यसपछि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल