Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताए ।‘सभामुखले नेकपा एकीकृत समाजवादी नामको पार्टी सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भने, ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुखको समेत भूमिका छ ।’
उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए ।
एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
‘हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ता राखिन्छ भने त्यसमा सहभागी हुन्छौँ’, तामाङको भनाइ छ ।
२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल