Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विचार विहीन, सिद्धान्तत र दृष्टिकोउण नभएका रास्वपा उरण्ठेउलो प्रवृत्तिले ठाउँ लिएको छ । एमाले, काँग्रेस, माओवादीबाट फाइदा लिएर पुनः रास्वपामा प्रवेश गरी फाइदा खोज्दै दौडेकाहरूकैबीचमा लडाइँ छ । महाधिवेशनको माहोलले रास्वपा उर्ले पनि त्यहाँ प्रधानमन्त्री बालेन्द्र शाहको दम्बले संसदीय गरिमा जोगाउन सकेन । प्रधानमन्त्रीको कुटनीीतक अपरिपक्वताले माइती घर मण्डलाको आन्दोलनका प्रस्तुती जस्तो महशुस हुँदैछ । पार्टी सभापति र परराष्ट्रमन्त्रीका प्रयासले अवरुद्ध संसद चलेको छ । तर अर्थमन्त्रीले करका दर थपघट गर्दा बजेट प्रस्तुतीमै गोलमाल देखियो । संसदहरूले त्यो विषय उठाएका छन् । सभामुखको निष्पक्षता छैन । बहुमतको सत्ता अल्पमतको सदन संसदीय अभ्यास हो । तर रास्वपाका संसदीय अभ्यास अपरिपक्व त छँदैछ । हिजोको केपी ओलीको ओदशमा चल्ने देवराज घिमिरेका कार्यसम्पादन जस्तो छ आजको सभामुख उही गतिमा छन् । प्रधानम्त्री अराजक छन्, फेसबुकमा चर्का कुरा गर्छन्, व्यवहारमा लत्रने प्रमको शैली फेरिएन भने त्यो पदमा ५ वर्ष त के वर्ष दिन धानिन कठिन छ । पार्टीमा लागेपछि पार्टीको मुल सिद्धान्त, विचार, कार्यक्रम जस्ता कुरामा ध्यान दिनुपर्छ । देशका लागि युवाहरूले जसरी जीवनको आहुति दिए तिनको सपना साकार पार्न पनि हरेक ठाउँमा राजनीतिक अनुशासन र कानुनको ख्याल गर्नुपर्छ । तर आजको प्रमुख शासकमा राजनीतिक चेतना छैन भन्ने देखियो । सभामुख त्यो घानमा परेका हुन् । प्रधानमन्त्री गल्ती गर्दै जाने पार्टी सभापति र परराष्ट्रमन्त्रीले सच्याउँदै जाने दिन कति लम्ब्याउने हो ? विचार विहीन, सिद्धान्त र दृष्टिकोणले भिडतन्त्रले रास्व्पा ग्रस्त छ । यस्तो भएपछि हिजोको केपी आतंक र आजको अराजकतामा अन्तर हुन्न । समय सधैं एकानाश हुँदैन ।
यी सभामुख, ती सभामखु
हिजोका सभामुख देवराज घिमिरे केपी ओलीको आदेशमा चल्थे । आजका डिपी अर्याल पनि रास्वपाको नेतृत्व र प्रमको आदेशमा चल्छन् । घिमिरे राष्ट्रघाती महाकाली सन्धिका सूत्रधार, बहुमतका हुन् । यिनले निष्पक्षता देखाएनन् । आजका डिपी अर्यालको पारा उस्तै छ । देशको व्यवस्था गणतनत्रात्मक छ, शासकहरूको चाल निरंकुश देखिँदैछ । संसदको गरिमा सरकार प्रमुखले राख्ने हो । राजनीतिक दलले कानुनी मूल्य जोगाउनुपर्छ । सभामुख निष्पक्ष हुनुपथ्र्यो डिपीले प्रमलाई रुलिङ गर्न सकेनन् । संसदको आवाजको सम्मान गरेनन् । हिजोका देवराजले जे सिकाए आजका डोलप्रसादले त्यही गर्दैछन् । संसदले जनताको आवाजलाई सम्बोधन गर्ने अवसर प्रयोग गर्नु पथ्र्यो । तर काम एमालेको गर्ने देवराज जस्ता छन् डिपीको त्यस्तै छ । सदनमा जनताका सरोकारका कुरा प्रवेश भएकै छैन । हिजोका मालिकहरू विपक्षीलाई गन्दैनथे त्यही कारण उनीहरू लज्जाजनक बन्न पुगेका हुन्, आजका महासेठहरूको पालो आउँदैछ, यो स्थितिले स्थानीय चुनाव र प्रदेशको चुनावमा रास्वपाले कसरी जनविश्वास पाउँछ ।
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल
२०८३ असार ४
ताजा नेपाल