Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख टुंग्याउन जुट्यो नेकपा

काठमाडौं । पार्टी एकता भए पनि नेताहरुले आफ्ना हनुमानहरुलाई सभामुख पद सुम्पने चाहना गर्दा लामो समयसम्म निर्णयमा पुग्न नसकेको पीडा नेकपाले मात्रै भोगेको छैन सार्वभौम संसदलाई समेत बन्धक बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा०लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ । बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल