Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख दोषी भए कारबाही हुनुपर्छ : थापा

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् । एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै नेता थापाले दोषी देखिए महरामाथि पनि आम नागरिक सरह सजाय हुनुपर्ने बताएका हुन् ।
मंगलबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले भने, एक शक्तिशाली र पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई आरोप लागेको भनेर यो केस यत्तिकै रफादफा हुनु हुँदैन । नेता थापाले अभियोग लगाउने महिलामाथि पनि छानबिन हुनुपर्ने बताए । कानूनभन्दा कोही पनि माथि हुँदैन । सभामुख दोषी नभए अन्मुक्ति पाउनुपर्छ । सभामुखमाथि झुटो आरोप लगाइएको हो भने आरोप लगाउने महिलामाथि कारबाही हुनुपर्छ, नेता थापाले भने ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल