Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख दोषी भए कारबाही हुनुपर्छ : थापा

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने बताएका छन् । एक महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै नेता थापाले दोषी देखिए महरामाथि पनि आम नागरिक सरह सजाय हुनुपर्ने बताएका हुन् ।
मंगलबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले भने, एक शक्तिशाली र पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई आरोप लागेको भनेर यो केस यत्तिकै रफादफा हुनु हुँदैन । नेता थापाले अभियोग लगाउने महिलामाथि पनि छानबिन हुनुपर्ने बताए । कानूनभन्दा कोही पनि माथि हुँदैन । सभामुख दोषी नभए अन्मुक्ति पाउनुपर्छ । सभामुखमाथि झुटो आरोप लगाइएको हो भने आरोप लगाउने महिलामाथि कारबाही हुनुपर्छ, नेता थापाले भने ।


सम्बन्धित समाचार