Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख भन्छन् संसदले कार्यपालिकालाई सहयोग गर्यो

काठमाडौं । प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको सभामुख अग्नि सापकोटाले बताएका छन् ।
प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आएका थिए।
सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुखले वर्षे अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गर्दै संसदमा अभुतपूर्व एकता देखिएकोले कुनै दिन पनि न त्यहाँ नारा लाग्यो, न वेल घेर्ने काम भयो ।
सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो भन्ने जो कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन, चाहे नीति कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरा होस् । हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन ।
उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने अन्तर पार्टी महिला सञ्जालको मागप्रति आफू गम्भीर रहेको पनि बताएका छन् ।
सञ्जालले जस्तै संविधानविद्, कानुनविद्, राजनीतिक पार्टीका नेताहरु सबैले संसद सुचारु हुनुपर्छ भन्ने आवाज उठाइरहेकोले आफुले परिस्थितिलाई गम्भीरतापूर्वक र जिम्मेवारीपूर्वक अध्ययन गरेको पनि बताए।